Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यसकारण लगाउनुपर्यो अमेरिकाको क्यालिफोर्नियामा कफ्र्यू

यसकारण लगाउनुपर्यो अमेरिकाको क्यालिफोर्नियामा कफ्र्यू

  • आइतवार, मंसिर ७ २०७७

  • 1.2K
    SHARES

  • यसकारण लगाउनुपर्यो अमेरिकाको क्यालिफोर्नियामा कफ्र्यू

    एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि दैनिक रात्रिकालीन कफ्र्यू लगाइएको छ ।

    डिसेम्बर २१ सम्म कफ्र्यू कायम रहने र आवश्यकता अनुसार यसलाई बढाउन सकिने अधिकारीहरुले जनाएका छन् ।

    क्यालिफोर्नियामा गत अगष्टकोभन्दा पनि अवस्था बिग्रिएपछि थप नियन्त्रणका उपाय लागु गर्न थालिएको हो । यो राज्यमा १० लाख बढी संक्रमित छन्, जुन टेक्सास पछिकै धेरै हो ।

    अमेरिकाभर कोरोनाबाट मृत्यु हुनेको संख्या जुन महिनापछि पहिलोपटक दैनिक २ हजार नाघेको छ । अमेरिकाभर हालसम्म १ करोड २४ लाखभन्दा बढी संक्रमित छन् भने मृतकको संख्या २ लाख ६१ हजार नाघेको छ ।

     


    आइतवार, मंसिर ७ २०७७०३:४७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij