Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैनः सुदन किराँती

गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैनः सुदन किराँती

  • सोमवार, फाल्गुण २६ २०८१

  • 538
    SHARES

  • गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैनः सुदन किराँती

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले कुनैपनि हालतमा राजतन्त्र नफर्किने दाबी गरेको छ। माओवादी नेता तथा पूर्वमन्त्री सुदन किरातीले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएको ठोकुवा गर्नुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता किरातीले दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनास भएपछि नै नेपालमा राजतन्त्र औपचारिक रुपमै समाप्त भएको जिकिर गर्नुभयो ।

    उहाँँले आफूले ज्ञानेन्द्र शाहलाई राजा वा पूर्वराजा नभन्ने र सिधै ज्ञानेन्द्र शाहमात्रै भन्ने बताउनुभयो। उहाँले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने ठोकुवा गर्नुभयो । यद्यपी गणतन्त्रवादीहरुकै कारणले देशमा अहिलेको अवस्था आएको तर्क गर्दै उहाँले गहिरो समिक्षा गर्नुपर्ने आवश्यकत्ता भने रहेको औंल्याउनुभयो ।


    सोमवार, फाल्गुण २६ २०८११०:३३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij