काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछिल्लो समय बदँलिएको समाजमा महिला तथा बालिकामाथि भइरहेका हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज गर्न जरुरी रहेको बताउनुभएको छ ।
११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले महिला हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज पार्न महिलाको नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न, समानताको व्यावहारिक प्रत्याभूति दिलाउन र बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यक औँल्याउनुभयो ।
अध्यक्ष दाहालले नेपालमा महिलाको सहभागितामा भएका विभिन्न सशक्त र विद्रोहात्मक आन्दोलनको प्रतिफल नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको उल्लेख गर्नुभयो ।
राज्यको सर्वोच्च तहदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ ।
संविधान र ऐनमार्फत् महिलाका पक्षमा व्यवस्था गरिएका कानुनको कार्यान्वयन गरेर मात्रै महिला अधिकार, समानता, सशक्तिकरणका विषय पूरा गर्न सकिने उहाँको भनाइ छ ।