काठमाडौं। सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले अध्यादेश पेश गर्ने दिन अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका छन्।
भोली बुधबार बस्ने प्रतिनीधी सभा बैठकमा सरकारले पाँच वटा अध्यादेश गर्ने भएपछी प्रमुख सत्तारूढ एमाले र कांग्रेस दुवै दलले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका हुन्।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको सन्देशमा अनिवार्य सबै सांसदहरूलाई उपस्थित हुन भनिएको एमालेका एकजना सांसदले जानकारी दिनुभयो।
त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले पनि आफ्ना सांसदहरुलाई अनिवार्य उस्थित हुन निर्देशन जारी गर्नुभएको छ।
सरकारले सदन सुरु हुन दुई साताअगाडि जारी गरेका ६ वटा अध्यादेश राष्ट्रिय सभामा कोरम नपुगेका कारण अहिलेसम्म पेश हुन सकेका थिएनन्। जसपा नेपाल र लोसपासँग छलफलपछि बुधबारको सदनमा भूमिसम्बन्धी अध्यादेशबाहेक ५ वटा पेश हुँदै छन् ।