काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल वन प्राविधिक सङ्घ (एनएफए)को स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नीतिगत सुधार, नवीन प्रविधिको प्रयोग गर्दै वन क्षेत्रको संरक्षण गर्न सके मुलुकको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने बताउनुभएको हो ।
पछिल्ला वर्षमा वन केन्द्रित दिगो विकासका प्रयास भएको भन्दै उहाँले वन क्षेत्रको संरक्षण संवद्र्धन, र दिगो व्यवस्थापनका लागि समन्वय जरुरी रहेको बताउनुभयो । वन क्षेत्रको दिगो संरक्षणका साथै नीतिगत सुधार गर्न सरोकारवाला निकाय र सरकारबीचको सहकार्य आवश्यक रहेको बताउँदै उहाँले वन क्षेत्रमा सबैको समान पहुँच आवश्यक रहेको धारणा राख्नुभएको छ।