Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सबै अध्यादेश पारित हुने मन्त्री गुरुङको दाबी

सबै अध्यादेश पारित हुने मन्त्री गुरुङको दाबी

  • शनिवार, फाल्गुण १७ २०८१

  • 443
    SHARES

  • सबै अध्यादेश पारित हुने मन्त्री गुरुङको दाबी

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले सदनमा प्रस्तुत गरेका अध्यादेश पारित हुने बताउनुभएको छ । आज पोखरामा रहेको हिमालय आँखा अस्पतालको ३२औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले सुशासन प्रवद्र्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएको दाबी गर्नुभएको छ ।

    सञ्चारमन्त्री गुरुङले केभन्दा जनता खुसी हुन्छन् भनेर होइन जनता के काम गर्दा खुसी हुन्छन् भनेर सोच्नुपर्ने बताउनुभयो । संसद् चलिरहेका बेलामा अध्यादेश ल्याउन नपाइने भएकाले नै सरकारले संसद् सुरु हुनुभन्दा अघि अध्यादेश ल्याएको बताउँदै उहाँले संसद् छलेर अध्यादेश ल्याइएको भनेर चर्चा गर्नु आवश्यक नरहेको बताउनुभयो ।

    यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनसम्म एमाले–कांग्रेसको सहकार्य जारी रहने बताउनुभएको छ । सत्तामा सहकार्य गरे पनि निर्वाचनमा एक्लाएक्लै जाने र त्यसपछि जनमतले दिएको निदेशनअनुसार हुने उहाँको भनाइ छ । नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन काठमाडौंमा उद्घाटन गर्दै उहाँले कसैले चाहँदैमा एमाले–कांग्रेसको सहयात्रा नटुट्ने बताउनुभएको हो ।

    साना दलले पटकपटक राजनीतिक अस्थिरता निम्त्याएर मुलुकको विकासमा बाधा पारेपछि एमाले–कांग्रेस मिल्न बाध्य भएको महासचिव पोखरेलले बताउनुभयो । अहिलेको सत्ता सहकार्यको मुख्य कारण अस्थिरता समाप्त गर्ने रहेको भन्दै उहाँले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताउनुभयो ।

     


    शनिवार, फाल्गुण १७ २०८१०७:२२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij