Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

मधेसी जनताले भोगेको विभेद र अपमान राष्ट्रकै समस्या हो - प्रचण्ड

मधेसी जनताले भोगेको विभेद र अपमान राष्ट्रकै समस्या हो - प्रचण्ड

  • शनिवार, फाल्गुण १७ २०८१

  • 487
    SHARES

  • मधेसी जनताले भोगेको विभेद र अपमान राष्ट्रकै समस्या हो - प्रचण्ड

    काठमाडौं । अध्यक्ष ‘प्रचण्ड’ले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभएर राष्ट्रकै समस्या भएको बताउनुभएको छ।

    ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’का क्रममा आज सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले उक्त राष्ट्रिय समस्याको समाधान माओवादीले मात्रै गर्न सक्ने बताउनुभयो ।

    मधेशी जनता वास्तविक देशभक्त र सीमारक्षकको रुपमा रहेको उल्लेख गर्दै प्रचण्डले उनीहरूको सम्मान गर्नुको साटो अरु देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएका बताउनुभयो ।

    यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    आज सिरहाको औरही नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले अभियानका माध्यमबाट हुलाकी मार्ग आसपासका जनाताको आर्थिक उन्नतिको अपेक्षा गरेको बताउनुभयो ।

    लामो समयदेखि अघि बढाउन नसकिएको हुलाकी मार्गको थप विकासका लागि आफू २०७३ सालमा प्रधानमन्त्री हुँदा पहल लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुरु गरेपछि योजना अघि बढेको दाबी गर्नुभएको छ ।


    शनिवार, फाल्गुण १७ २०८१०५:३८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij