Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सहकारी क्षेत्र अर्थतन्त्रको खम्बा हो - उपप्रधानमन्त्री सिंह

सहकारी क्षेत्र अर्थतन्त्रको खम्बा हो - उपप्रधानमन्त्री सिंह

  • शनिवार, फाल्गुण १७ २०८१

  • 476
    SHARES

  • सहकारी क्षेत्र अर्थतन्त्रको खम्बा हो - उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गतिविधि सुधार गरेर सहकारी संस्थाहरूले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्बोधन गर्दै उहाँले तीन खम्बे अर्थनीतिअन्तर्गत रहेको सहकारीप्रति नागरिकमा नकारात्मक भाव रहेको बताउनुभएको हो ।

    सहकारीको सिद्धान्त र मर्मविपरीत जाँदा सहकारी संस्थामा समस्या देखिएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । फरक सन्दर्भमा उनले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनका लागि वर्तमान सरकार बनेको बताउँदै कमजोरी पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको जानकारी दिनुभयो ।


    शनिवार, फाल्गुण १७ २०८१०५:३४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij