काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले सरकारले अध्यादेश फिर्ता नलिए केन्द्रीय समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत गर्नुभएको छ ।
भोलिदेखि सुरु हुने पार्टीको बैठकमा सरकारसँगको सामिप्यताको बिषयमा पनि निर्णय हुने बताउँदै उहाँले यथासिघ्र सरकारले गलत नियत राखेर ल्याएका अध्यादेश फिर्ता नगरे जनआन्दोलन गर्ने चेतावनी दिनुभयो ।
उहाँले सरकारले भूमि अध्यादेश फिर्ता नलिए बाँकी ५ अध्यादेशको पनि विपक्षमा मतदान गर्ने चेतावनी दिनुभएको छ । सरकारले भूमिसम्बन्धि अध्यादेश फिर्ता लिनु पर्ने र यो आफुहरुको प्रतिष्ठाको सवालमा केन्द्रित रहेको सुमनले बताउनुभयो । साथै भूमि अध्यादेर फिर्ता नभएर बाँकी पाँच वटा अध्यादेको पनि विरुद्धमा मतदान गर्ने उहाँले चेतावनी दिनुभएको छ।