काठमाडौं । यस्तै गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषध विरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौंमा उपत्यका प्रहरी कार्यालयले आजदेखि सुरू गरेको लागुऔषधविरूद्धको महाअभियानका उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रूपमा देखा परिरहेको बताउनुभयो ।
लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणका लागि तीन तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।
लागुऔषधविरूद्धको महाअभियान देशव्यापी रूपमा चलाउन जरुरी रहेको भन्दै उनले विद्यालयस्तरसम्म महाअभियान पु¥याउन आवश्यक रहेको बताउनुभएको छ । सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको उहाँको भनाइ थियो ।