Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्नेमा जोड

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्नेमा जोड

  • शुक्रवार, फाल्गुण १६ २०८१

  • 402
    SHARES

  • भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्नेमा जोड

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले आज आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा उनले सरकारलाई अध्यादेश फिर्ता लिन सुझाव दिनुभएको हो ।

    वर्तमान सरकार देश र जनताका लागि घाँडो भएको भन्दै अध्यक्ष नेपालले देशलाई प्रगतिको पथमा डोर्याउने कुनै इन्डिकेटर पनि पोजेटिभ नदेखिएको दाबी गर्नुभयो । भूमिसम्बन्धी अध्यादेशलाई सरकारले फिर्ता लिनुपर्ने र यसको नैतिक जिम्मेवारी पनि बोक्नु पर्ने उहाँको भनाई थियो ।

    यस्तै अध्यक्ष नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग होसियार हुनसमेत सुझाव दिनुभएको छ । उहाँले कांग्रेस–एमाले मिलेर सरकार गठन गर्दा संविधान संशोधनको एजेन्डा अघि सारिए पनि प्रक्रिया अघि नबढाइएको भन्दै संविधान संशोधन गर्ने नाममा एउटा अर्को गठबन्धन ल्याइएको आरोप लगाउनुभयो ।

    यसैबीच पूर्वराजदूत विजयककान्त कर्ण सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश संसद्बाट पारित भए मुलुकमा लुटतन्त्र मच्चिने टिप्पणी गर्नुभएको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा विज्ञका रूपमा बोल्दै कर्णले यस्तो टिप्पणी गर्नुभएको हो । सरकारदेखि मन्त्रीहरू परिवर्तन गर्न सक्ने र सचिवहरू सरूवा गर्न सक्ने वर्गले भूमिसम्बन्धी अध्यादेश ल्याउन लगाएको कर्णको दावी छ ।


    शुक्रवार, फाल्गुण १६ २०८१०७:१८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij