Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सरकारले मलको कृत्रिम अभाव सिर्जना गरेको प्रचण्डको आरोप

सरकारले मलको कृत्रिम अभाव सिर्जना गरेको प्रचण्डको आरोप

  • शुक्रवार, फाल्गुण १६ २०८१

  • 327
    SHARES

  • सरकारले मलको कृत्रिम अभाव सिर्जना गरेको प्रचण्डको आरोप

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाउनुभएको छ । आज सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–८ को तोपमा आयोजित भेटघाट कार्यक्रममा उहाँले किसानलाई मर्कामा पारेर बिचौलियाले सरकारसँग साँठगाँठ गरी नाफा कमाउने उद्देश्य लिएको आरोप लगाउनुभएको हो ।

    उहाँले यसविरुद्ध आवाज उठाउने र समस्या समाधानको पहल गर्ने किसानहरुलाई आश्वासन दिनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डसँग स्थानीयले मलखाद, बिजुली, सिंचाइ लगायतका समस्या भोगिरहेको भन्दै समाधानको पहल गरिदिन आग्रह गरेका छन् ।

     


    शुक्रवार, फाल्गुण १६ २०८१०१:२३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij