Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

थापाको आत्महत्या प्रकरणमा छानबिन समिति गठन गर्न विपक्षी दलको माग

थापाको आत्महत्या प्रकरणमा छानबिन समिति गठन गर्न विपक्षी दलको माग

  • बिहिवार, फाल्गुण १५ २०८१

  • 492
    SHARES

  • थापाको आत्महत्या प्रकरणमा छानबिन समिति गठन गर्न विपक्षी दलको माग

    काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको आत्महत्या प्रकरणमा बागमती प्रदेशका विपक्षी तीन दलले मन्त्री श्रेष्ठको राजीनामा मागेका छन् । आज नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

    मृतक रवि थापाको अकल्पनीय मृत्यु पछि प्रहरीले फेला पारेको आत्महत्या सम्बन्धी मृतकको स्वलेख ९सुसाइड नोट० भनिएको पत्र तथा सहकारी सम्बन्धी मृतक रविको बाहिरिएको अडियो रेकर्डमा मन्त्री मदु कुमार श्रेष्ठ लगायत नेताहरुको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आसयका समाचार आदिले घटनालाई रहस्यमय बनाएको छ ।

    विज्ञप्तिमा माओवादीका रत्न ढकाल, एकीकृत समाजवादीका वसन्त मानन्धर र राप्रपाकी कुमारी तामाङले हस्ताक्षर गरेका छन् । विपक्षी तीन दलले उक्त घटनाको सत्यतथ्य छानबिनका लागि तत्काल संसदीय समिति बनाउन माग गरेका छन् ।

    सोमबार मन्त्री श्रेष्ठका स्वकीय सचिव थापाले आत्महत्या गरेका थिए । काठमाडौंमा रहेका थापाले साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका उनलाई उद्धार गरेर काठमाडौँको कलंकीस्थित अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।


    बिहिवार, फाल्गुण १५ २०८१०६:४८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij