काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पूर्वाग्रही बनेर स्पष्टीकरण सोधेको गुनासो गर्नुभएको छ।
मन्त्री खड्काको निर्णयअनुसार सोधिएको २४ घण्टे स्पष्टीकरणको आज जवाफ दिँदै उहाँले मन्त्रालयले स्पष्टीकरण माग्ने विषय नै अनाधिकारयुक्त र पूर्वाग्रह प्रेरित भएको उल्लेख गर्नुभएको छ । मन्त्री खड्काको निर्णय भन्दै सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै घिसिङले स्पष्टीकरणको मागको प्रक्रियामै प्रश्न उठाउनुभएको छ ।
स्पष्टीकरण सोध्ने काम नै प्रक्रियागतरूपमा त्रुटीपूर्ण, अनाधिकारयुक्त एवम् पूर्वाग्रह प्रेरित रहेको जवाफ दिदैं घिसिङले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अनुसार नियक्ति भएको भन्दै आफूलाई हटाउने अधिकार मन्त्रालयलाई नभएको बताउनुका छन् ।
निर्देशक घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ के कारणले चित्तबुझ्दो भएन भन्ने विषयमा कुनै पुष्ट्याइँसमेत नगरिएको जवाफ पनि खड्कालाई दिनुभएको छ । उहाँले आफूमाथि लगाइएको आरोप मनोगत भएको जवाफ मन्त्रालयलाई दिनुभएको हो ।
विगतमा २ पटक माग गरिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएकाले पदबाट किन नहटाउने भन्दै मन्त्रालयले मंगलबार घिसिङलाई तेस्रो पटक स्पष्टीकरण सोधेको थियो ।