Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोशी पहाडका सांसदसँग गृहमन्त्रीको छलफल

कोशी पहाडका सांसदसँग गृहमन्त्रीको छलफल

  • बिहिवार, फाल्गुण १५ २०८१

  • 452
    SHARES

  • कोशी पहाडका सांसदसँग गृहमन्त्रीको छलफल

    काठमाडौं । ताप्लेजुङको पाथीभरमा मन्दिरमा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारबारे तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले कोशी प्रदेश पहाडका सांसदहरूसँग फेरि छलफल थाल्नुभएको छ । कोशी पहाडका जिल्लाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग गृहमन्त्रीले संवाद सुरु गर्नुभएको हो ।

    कोशीका सांसदहरूसँग सिंहदरबारमा छलफल भइरहेको छ । उक्त छलफलमा आन्दोलनरत पक्ष ‘नो केबलकार समूह’लाई भने सहभागी गराइएको छैन । केबलकार निर्माणमा विवाद भएपछि सरकारले तत्काल निर्माणकार्य स्थगित गरेर आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ ।

    आईएमई ग्रुपले निर्माण गर्न लागेको उक्त केबलकारका कारण आदिवासी जनजातिहरूले मुक्कुमलुङ नामले पुकार्ने पाथीभरा क्षेत्र एक वर्षदेखि तनावबाट गुज्रिरहेको छ । गत माघ १५ मा पनि गृहमन्त्रीले कोशीका सांसदहरूसँग छलफल गर्नुभएको थियो ।

     


    बिहिवार, फाल्गुण १५ २०८१०२:३४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij