Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

तीन जिल्लामा आयोजना कार्यान्वयन कार्यालय स्थापना गर्ने तयारी

तीन जिल्लामा आयोजना कार्यान्वयन कार्यालय स्थापना गर्ने तयारी

  • बिहिवार, फाल्गुण १५ २०८१

  • 410
    SHARES

  • तीन जिल्लामा आयोजना कार्यान्वयन कार्यालय स्थापना गर्ने तयारी

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्न लागेको बताउनुभएको छ । आज सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकपछि उहाँले जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटन गर्ने तयारी भइरहेको बताउनुभएको हो ।

    भूकम्पपछिको क्षतिको आकलन, पुर्ननिर्माण र पुनस्र्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको बताउँदै गृहमन्त्री लेखकले मन्त्रालयका अनुसार फागुन २३ गते बझाङ, २४ गते डोटी र २५ गते जाजरकोटमा पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटन गरिने जानकारी दिनुभएको छ ।

    जाजरकोटमा २०८० कार्तिक, बझाङमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर गएको भूकम्पले ठुलो क्षति गरेको थियो ।


    बिहिवार, फाल्गुण १५ २०८१०२:१२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij