Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

जागरण अभियानबाट जनताका समस्या बुझ्दै छौ - प्रचण्ड

जागरण अभियानबाट जनताका समस्या बुझ्दै छौ - प्रचण्ड

  • बुधवार, फाल्गुण १४ २०८१

  • 385
    SHARES

  • जागरण अभियानबाट जनताका समस्या बुझ्दै छौ - प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनताका समस्या बुझ्न मद्दत पुग्ने बताउनुभएको छ ।

    प्रेस सेन्टर नेपाल, मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, मधेसीका समस्याबारे जान्न तिनलाई समाधानको पहल थाल्न जागरण अभियान उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

    आर्थिक विकासका निम्ति जागरण अभियान आवश्यक रहेको र यसबाट उत्पादन तथा उत्पादकत्व बढाउन मद्दत मिल्ने बताउँदै उहाँले मेचीदेखि महाकालीसम्मको यो अभियानबाट जनता उत्साहित भएको दाबी गर्नुभयो ।अध्यक्ष दाहालले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा राजनीतिक विसङ्गतिको अन्त्य भई जनताको शान्ति र समृद्धिको चाहना पूरा हुने बताउनुभयो ।

    यस्तै अध्यक्ष प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा ल्याउनेबारे पार्टीमा कुनै विवाद नरहेको दाबी गर्नुभएको छ । अहिलेसम्म औपचारिक निर्णय नगरिसकेकाले पुनलाई अभियानमा नल्याएको बताउनुभएका प्रचण्डले प्रदेशमा पार्टीका नेताहरुको राय सुझाव बुझेर मात्रै औपचारिक जिम्मेवारी दिइने बताउनुभएको छ ।

    उहाँले पछिल्लो समय पार्टीमा चलेको लहरलाई बचाउन सके माओवादी ०६४ सालकै स्थितिमा फर्किने स्थिति आफूले देखेको प्रचण्डले बताउनुभयो । कांग्रेस र एमालेलाई पनि माओवादीले ठुलो दल बनाइदिएको घन्दै आगामी दिनमा त्यस्तो गल्ती नहुने जिकीर गर्नुभएको छ।


    बुधवार, फाल्गुण १४ २०८१०१:४३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij