Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

हामी कहिल्यै एमसीसीको पक्षमा थिएनौं - घनश्याम भुसाल

हामी कहिल्यै एमसीसीको पक्षमा थिएनौं - घनश्याम भुसाल

  • सोमवार, फाल्गुण १२ २०८१

  • 470
    SHARES

  • हामी कहिल्यै एमसीसीको पक्षमा थिएनौं - घनश्याम भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा आफ्नो पार्टी कहिल्यै पनि नरहेको बताएको छ । आज आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले यस्तो बताउनुभएको हो ।


    ‘एकीकृत समाजवादीका लागि एमसीसी कहिलयै ठिक रहेन । हामीले कसरी मात्रै ठिक रहन्छ भन्नेमात्रै प्रश्न भनेका हौं । व्याख्यात्मक टिप्पणीमा पनि केही समस्या हुनसक्छन् । हामीले स्वीकार गर्छौं,’ उहाँले भन्नुभयो ।


    एमसीसी संसद्बाट पारित भएकाले यसको अनुगमन पनि संसदीय रुपमै हुुनपर्ने कुरा आफ्नो पार्टीले सुरुदेखि नै भनिरहेको भूसालले बताउनुभयो ।

    यस्तै प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ । आज केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

    भ्रष्ट र ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र सहकारी प्रकरणमा सम्बधित पक्षको पैसा फिर्ता गराउन बैठकले सरकारसँग माग गरेको छ । भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरि संसद छलेर अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोधमा मतदान गर्ने निर्णय गरिएको समेत भुसालले जानकारी दिनुभयो ।

    त्यस्तै बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारीमुखी बनाउने दिशामा कदम चाल्न, वार्ता र सम्वादको माध्यमबाट ताप्लेजुङ केवलकारको समस्या समाधान गर्न, दूध र उखुको भुक्तानी गर्न सरकारसँग माग गर्ने, गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशीघ्र रिहाईका लागि माग गर्ने लगाएतका निर्णय गरिएको भुसालले जानकारी दिनुभयो ।


    सोमवार, फाल्गुण १२ २०८१०३:०६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij