काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमाको भुक्तानी गर्न सकिँदैन भन्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
आज प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद कार्कीले जस लिने बेलामा स्वास्थ्य बीमा आफूहरूले ल्याएको हो भन्ने, तर अहिले स्वास्थ्य बीमा कार्यक्रमलाई अलपत्र पार्न खोजेको आरोप लगाउनुभयो ।
देशमा रहेका सवै नागरिकको स्वास्थ्य बीमा गरेको खण्डमा २० अर्व रकम उठाउन सकिने भन्दै सांसद कार्कीले अनिवार्य रूपमा सबैको स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्नुपर्ने बताउनुभयो । यस अभियानको सुरुवात मन्त्री र मन्त्रीको सचिवालयबाट गर्नुपर्ने उहाँको भनाई थियो ।