Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेपाली भूमि मिचेको भन्दै काठमाडौंमा चीनविरुद्ध प्रदर्शन

नेपाली भूमि मिचेको भन्दै काठमाडौंमा चीनविरुद्ध प्रदर्शन

  • शनिवार, मंसिर ६ २०७७

  • 1.3K
    SHARES

  • नेपाली भूमि मिचेको भन्दै काठमाडौंमा चीनविरुद्ध प्रदर्शन

    काठमाडौं । काठमाडौंमा चीनविरुद्ध प्रदर्शन भएको छ । चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो ।
    स्वतन्त्र युवाको समूहले आज बिहान माइतीघरमा चीन विरोधी प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा उत्रिएका युवाले प्लेकार्डमा ‘गो ब्याक चाइना’, ‘नेपाली भूमि मिच्न पाइँदैन’, ‘चिनियाँ विस्तारवाद मूर्दावाद’सहितका नारा लेखेर प्रदर्शन गरेका थिए ।

    स्वतन्त्र नागरिक समूहको नाममा ‘प्लेकार्ड’ बोकेका उनीहरुले चीनले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका छन् ।

    प्रदर्शनमा उत्रिएका युवाहरूले नेपालको उत्तरी सीमा क्षेत्रमा चीनले आफ्नो रवैया देखाएको आरोप लगाउँदै मिचिएको नेपाली भूमि तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन् ।


    शनिवार, मंसिर ६ २०७७०३:४६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij