Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

म पार्टीको कुनै गुटमा छैन : गौतम

म पार्टीको कुनै गुटमा छैन : गौतम

  • शनिवार, मंसिर ६ २०७७

  • 858
    SHARES

  • म पार्टीको कुनै गुटमा छैन : गौतम

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो ।

    दाङको तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्र्टीा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताउनुभएको छ ।

    ‘पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकलपना मैले देखेको सपना हो’, उहाँले भन्नुभयो, ‘०६३ सालदेखि म पार्र्टी एकीकरणको पक्षमा रहँदै आएको छु । त्यसैले, अहिले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा छु ।’

    आफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दाबी गर्दै उहाँले यतिवेला सबै पार्टी एकताको पक्षमा हुनुपर्ने बताउनुभएको छ ।


    शनिवार, मंसिर ६ २०७७०२:०७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij