काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना महामारीका कारण विदेशबाट फर्किएका युवाहरुलाई कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले कृषि सामाग्री वितरवण गरेको छ । कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएर स्वादेश फर्किएका एक सय जना युवाहरुलाई प्रविधियुक्त उपकरण हस्तान्तरण गरिएको नगर प्रमुख दिपनाराण रिजालले जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा बोल्दै नगर प्रमुख रिजालले कृषिसँगै अन्य क्षेत्रमा पनि स्थानीय स्तरमै रोजगारी सृजनाको लागि पालिकाले उद्यमशिलता विकाससँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु पनि तय गरेको बताउनुभयो ।
साथै उहाँले स्थानीय सकारलाई भ्रष्टाचारमा रुमलियो भनेर बढी विवादित र कमजोर बनाउने काम गरिएको टिप्पणी गर्नुभएको छ । निर्वाचित सबै प्रतिनिधिको प्रतिस्पर्धीको स्थानीय स्तरमै रहने भएकाले अनियमितता हुने र गर्ने ठाउँ नै स्थानीय तहमा नहुने रिजालको भनाइ छ ।
नगर प्रमुख रिजालसँग गरिएको कुराकानी :