काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समृद्ध नेपाल बनाउने अभियान अघि बढिरहेको बताउनुभएको छ । आज मनास्लु वल्ड स्कुलले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता आवश्यक पर्ने बताउनुभएको हो ।
अहिलेका विकसित अमेरिका, बेलायतसहितका देशहरू बन्न वर्षौँ लागेको चर्चा गर्दै उहाँले समृद्ध नेपाल बनाउने अभियानको सुरुवात भइसकेकाले चाहेजस्तो देश बनाउन सबै नेपालीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । आजको भोली देश सम्पन्न हुन नसक्ने र त्यसका लागी केही समय लाग्ने उहाँको भनाई थियो ।
पछिल्लो समय नागरिकमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन गर्न नसकेको भनेर हल्ला फैलाएको उहाँले बताउनुभयो । प्रजातन्त्रपछि नेपालमा ठुल्ठुला परिवर्तन भएको बताउँदै मन्त्री सिंहले देशमै गुणस्तरीय शिक्षा पाउने अवस्था बनेकाले देशभित्रै अवसर खोज्न युवाहरूलाई आग्रह गनुभयो ।
कडा मेहनत र परिश्रमबिना लक्ष्य प्राप्ति गर्न असम्भव भएकाले अध्ययनमा लगनशील हुनुपर्ने उहाँले विद्यार्थीहरुलाई सुझाव समेत दिनुभयो । स्देशमै धेरै अवसर पाइने र ती अवसरकारको सदुपयोग गर्न उहाँले सुझाव दिनुभयो ।