Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

‘तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य’-प्रधानमन्त्री ओली

‘तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य’-प्रधानमन्त्री ओली

  • सोमवार, फाल्गुण ५ २०८१

  • 331
    SHARES

  • ‘तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य’-प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको बताउँदै विकास र समृद्धिका लागि तीनै तहका सरकारबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । आज लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले भगवान् गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिकस्थलहरूले यो प्रदेशलाई विशेष बनाएको बताउनुभयो ।

    उहाँले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्धि बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताउनुभयो । संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उहाँको भनाइ छ ।

    हालै निर्माणसम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकका रूपमा व्याख्या गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । साथै, सिद्धबाबा सुरूङ मार्गलगायत योजनाहरूले यातायात सहज बनाउने बताउँदै उहाँले रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराउनुभयो ।

    प्रधानमन्त्री ओलीले प्रदेश सरकारले एक हजार २०० शैय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकामा प्रशंसा व्यक्त गर्दै स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गरेर मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने प्रधानमन्त्रीको विश्वास व्यक्त गर्नुभयो ।


    सोमवार, फाल्गुण ५ २०८१०४:२२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij