Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्से झण्डै ३० अंकले बढ्यो, दुई हजार सात सयको विन्दु पार

नेप्से झण्डै ३० अंकले बढ्यो, दुई हजार सात सयको विन्दु पार

  • सोमवार, फाल्गुण ५ २०८१

  • 414
    SHARES

  • नेप्से झण्डै ३० अंकले बढ्यो, दुई हजार सात सयको विन्दु पार

    काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २ हजार ७२७.९१ को बिन्दुमा पुगेको हो ।

    यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ । यस दिन ६ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमा भने नेगेटिभ सर्किट लाग्न पुग्यो ।

    नेप्सेका अनुसार सोमबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भयो भने उपसूचकतर्फ फाइनान्स, ट्रेडिङ र हाइड्रोपावरबाहेक सबै समूह हरियाली भयो ।


    सोमवार, फाल्गुण ५ २०८१०३:५१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij