Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अस्पताल अभावले नेपालमा जलन उपचारको अवस्था दयनीय,’पैसा भएपनि उपचार कठिन’, सरकारको छैन चासो (खासखबर)

अस्पताल अभावले नेपालमा जलन उपचारको अवस्था दयनीय,’पैसा भएपनि उपचार कठिन’, सरकारको छैन चासो (खासखबर)

  • आइतवार, फाल्गुण ४ २०८१

  • 472
    SHARES

  • अस्पताल अभावले नेपालमा जलन उपचारको अवस्था दयनीय,’पैसा भएपनि उपचार कठिन’, सरकारको छैन चासो (खासखबर)

    काठमाडौं।नेपालमा अझैपनि जलनका बिरामीले प्रभावकारी उपचार पाउन सकेका छैनन्। सरकारले जलन उपचारका लागी एउटा गतिलो अस्पताल निर्माण गर्न नसक्दा वर्षेेनी हजारौंले ज्यान गुमाउन वाध्य छन्। समस्या यहाँसम्म छकि पैसा अभावमा मात्रै होइन, पैसा भएका लाई पनि उपचार कठिन छ।

    नेपालमा वर्षेनी जलनमा परि ६० देखी ६५ हजार व्यक्ती घाइते हुने गरेका छन्। ती घाइतेमध्ये हजारौंले ज्यान गुमाउने गरेका छन् भने हजारौंले अंगभंग तथा क्षतविक्षत अवस्थामा कष्टपूर्ण जिवन बिताउन वाध्य छन्।

    तर, सरकारले देशमा भएको एउटा किर्तिपुर वर्न अस्पतालमा समेत उचित व्यवस्थापन र प्रवन्ध मिलाउन र भएकै जनशक्तिसमेत सदुपयोग गर्न सकेको छैन। अर्कातिर शिर्ष व्यक्ति जलनमा पर्नासाथ अस्पतालको अभाव महसुस गरी तत्कालै निर्माण थाल्ने निर्णय नै गरिहाल्ने सरकार अन्य समय कानमा तेल हाले जसरी बस्ने गरेकोे छ।

    ठीक दुईवर्ष अगाडी संघिय सांसद तथा नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारी गम्भिर घाइते बनेपछी र उहाँकी आमाले ज्यान गुमाएपछी नेपालमा उपचार सम्भव नभएर भारत लैजान वाध्य भएपछी नेपालमै जलन अस्पताल निर्माणको तत्काल प्रक्रिया थाल्ने निर्णय गरेको सरकार अहिलेसम्म कानमा तेल हाले जसरी बसेको छ।

    यतिबेला पनि केहिदिन पहिले काठमाडौंमै शानदार मःम पसलमा ग्यास सिलिण्डर विस्फोटपछी भएको आगोलागीमा परी ४ जनाको मृत्यु र १० जना घाइते हुँदा मौन नै देखिएको सिँगो राज्य संयन्त्र हिजो पोखराको सार्वजनिक कार्यक्रममा बेलुन पड्किँदा लागेको आगोमा परी नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएपछी बल्ल झस्किएको छ।

    त्यसपछी आज बसेको प्रतिनिधीसभा बैठकमा पनि यो विषयले प्रवेश पाएको छ। आज बोल्ने सांसदहरु यो विषय प्रथमिकताका साथ उठान गरे। बैठकमा दुईवर्षअघी जलनमा घाइते भै अझै पूर्ण रुपमा निको नहुनुभएका कांग्रेस सांसद भण्डारीले उपचारबाट फर्केपछी आँफुले जलन अस्पताल निमार्णका लागी प्रधानमन्त्री, मन्त्रि, तथा सांसहरुलाई गुहार्दा पनि चासो नदेखाएको बताउनुभयो।

    उहाँले उद्योपतिसँग छलफल गरेपछी भने केही सुरुवात भएको संकेत दिँदै उहाँले यसमा सरकार थप गम्भिर बन्न आग्रह गर्नुभयो। यस्तै उहाँले नेपालमा रहेको जनशक्ति अन्य देशको तुलना शसक्त रहेको र अस्पताल अभावले घाइतेहरुलाई समस्या भएकोले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद बिन्दवासिनी कंसाकारले मन्त्रीहरु सामान्य जलनमा पर्दा हेलिकप्टर पाउँदा काठमाडौंमै शानदार मममा गम्भिर घाइतेले एम्बुलेन्स पनि नपाएकोमा गुनासो गर्नुभयो।उहाँले ७ महिना पहिले संसदमा दर्ता गरेको जलन विधेयक छिटो पारित गर्न र घाइतेहरुको उद्दार तथा उपचारका लागी आवश्यक स्रोत साधनको व्यवस्थान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

    सरकारले अन्य समयमा यस्ता घटनातर्फ चासो दिने र सतर्कताका लागी कुनै कदम चाल्ने गरेको देखिँदैन। हिजो अर्थमन्त्री तथा मेयर घाइते भएपछी बल्ल झस्किएको सरकारले आज घटनाको छानबिन गर्न सतर्कताका लागी उपाय खोज्न समिति निर्माण गरेको छ। गृहमन्त्री रमेश लेखकले अब सरकारले आगामी दिनमा यस्ता घटनाहरु हुन नदिने गरीकाम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    देशमा सचेतना अभावले जलनका घटना बढ्ने र अस्पताल र उपचार अभावले घाइतेहरुले ज्यान गुमाउने क्रम निरन्तर बढिरहेको छ। भने सरकारले जलनपछी उपचारकै अभावमा मृत्युवरण गरेका,अंगभंग भएर कष्टपूर्ण जिवनयापन गरिरहेका घाइतेहरुको अवस्थातर्फ ध्यान नै पुराएको छैन।

    अर्कातिर २ वर्ष पहिले जलन अस्पताल निर्माण गर्ने सरकारको निर्णय सिन्को नभाँची अलपत्रै छ। जलन जतिबेला जसलाई पनि हुन सक्छ,तसर्थ सरकारले शिर्ष व्यक्ति जलनमा पर्दा झस्किने अनि सर्वसाधरणले ज्यानै गुमाउँदा पनि वास्ता नगर्ने शैलि सुधारेर आवश्यक सर्तकतासँगै उपचारका लागी अस्पताल निर्माणमा ध्यान दिन अपरिहार्य छ।
    ०००००


    आइतवार, फाल्गुण ४ २०८१०८:१४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij