Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

जलन अस्पताल तत्काल बनाउन सांसदहरूको माग

जलन अस्पताल तत्काल बनाउन सांसदहरूको माग

  • आइतवार, फाल्गुण ४ २०८१

  • 559
    SHARES

  • जलन अस्पताल तत्काल बनाउन सांसदहरूको माग

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा जलन उपचार अस्पताल तत्काल बनाउन सांसदहरूले माग गरेका छन् । आकस्मिक समयमा बोल्दै नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले जलन अस्पताल तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    काङ्ग्रेस सांसद चन्द्र भण्डारीले जलन अस्पताल बनाउन आफूले विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गरेपनि सुनवाई नभएको भन्दै यसमा खेलाँची नगर्न सरकारको ध्यानाकर्षण गराए ।

    उद्योगीसमेत जलन उपचार अस्पताल निर्माणमा सघाउन तयार रहेकाले सरकारले ढिलाइ गर्न नहुने उहाँको भनाई रहेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलनमा परेको तथा केही दिनअघि मात्रै शानदार मःममा आगलागी हुँदा चार जनाले ज्यान गुमाउनु परेको घटनालाई जोड्दै उहाँले जलन अस्पताल बनाउने सबालमा निकै लामो छलफल भएपनि काम हुन नसकेको बताउनुभयो ।

    यस्तै, रास्वपाकी सांसद बिन्दवासिनी कंसाकारले जलन दुर्घटना जतिसुकै बेला जोसुकैलाई पर्नसक्ने भएकाले अस्पताल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । नेपालमा वर्षेनी ६० देखि ६५ हजार जना जलन दुर्घटनामा पर्ने भएकाले अस्पताल निर्माण तत्काल अघि बढ्नुपर्ने भन्दै जलन दुर्घटना जो कोहीलाई जतिसुकै बेला पनि हुने भएकाले अस्पताल निर्माणमा विलम्ब गर्न नहुने बताउनुभयो ।


    आइतवार, फाल्गुण ४ २०८१०५:४५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij