Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थ्री स्टारलाई हराउँदै ब्ल्याक बुल्स आहा! रारा पोखरा गोल्डकपको फाइनलमा

थ्री स्टारलाई हराउँदै ब्ल्याक बुल्स आहा! रारा पोखरा गोल्डकपको फाइनलमा

  • बिहिवार, फाल्गुण १ २०८१

  • 487
    SHARES

  • थ्री  स्टारलाई हराउँदै ब्ल्याक बुल्स आहा! रारा पोखरा गोल्डकपको फाइनलमा

    काठमाडौं । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । आज पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा ५ पटकको विजेता थ्री स्टार क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो ।

    दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लब उज्बेकिस्तानको ब्ल्याक बुल्ससँग ४–० गोल अन्तरले पराजित भयो । ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्ने छ । पुलिसले पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

    खेलको २४औं मिनेटमा ब्ल्याक बुल्सका शाभकात्जोन सात्तोरोभले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा असिलबेक ओरिफजोनोभले, ६३ औं मिनेटमा सात्तोरोभले र ८७औं मिनेटमा सइदजमोल दाभ्लातिनोभले गोल गर्दै ब्ल्याक बुल्सलाई जित दिलाए ।


    बिहिवार, फाल्गुण १ २०८१०५:५१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij