Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

स्वच्छ खानेपानि सबै नागरिकको पहुँचमा पुर्याइन्छ - खानेपानि यादव

स्वच्छ खानेपानि सबै नागरिकको पहुँचमा पुर्याइन्छ - खानेपानि यादव

  • बुधवार, माघ ३० २०८१

  • 485
    SHARES

  • स्वच्छ खानेपानि सबै नागरिकको पहुँचमा पुर्याइन्छ - खानेपानि यादव

    काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारी बजेट व्यवस्थापन कुनै पनि संस्थाको सुशासनका मेरुदण्ड भएको बताउनुभएको छ ।

    बुधबार पोखरामा खानेपानी मन्त्रालय अन्तर्गत सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री यादवले खानेपानी तथा सरसफाइ क्षेत्र नागरिकको जीवनस्तरसँग प्रत्यक्ष जोडिएको हुँदा यसको योजना, बजेट व्यवस्थापन प्रभावकारी र पारदर्शी हुनुपर्ने बताउनु भएको हो ।

    यस्तै मन्त्री यादवले नेपालमा बेरुजु फस्र्यौटको गतिमा अपेक्षाकृत सुधार हुन नसकेको बताउनुभयो । खानेपानी मन्त्रालयअन्तर्गतका परियोजनाहरूमा वित्तीय व्यवस्थापनमा देखिएका केही चुनौतीका कारण बेरुजु न्यूनीकरण गर्न नसकिएको मन्त्री यादवको भनाई थियो ।

    मन्त्री यादवले वित्तीय अनुशासनलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिदैँ नागरिकलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउनका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।


    बुधवार, माघ ३० २०८१०१:३३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij