Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अनलाइन टिभी पत्रकार संघद्वारा शिक्षा समितिको ध्यानाकर्षण

अनलाइन टिभी पत्रकार संघद्वारा शिक्षा समितिको ध्यानाकर्षण

  • मंगलवार, माघ २९ २०८१

  • 522
    SHARES

  • अनलाइन टिभी पत्रकार संघद्वारा शिक्षा समितिको ध्यानाकर्षण

    काठमाडौं । सामाजिक सञ्जाल विधेयकका प्रावधानका विषयमा अनलाइन टिभी पत्रकार संघले संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ ।

    आज (मंगलबार) संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले सामाजिक सञ्जाल सम्बन्धी विधेयकलाई संशोधनपछि मात्रै अघि बढाउनुपर्ने बताएको छ ।

    विधेयकले खबरदारी तथा आलोचना गर्न पाउने नागरिकको आधारभूत अधिकारलाई कुण्ठित गर्ने काम गरेको भन्दै संघले नागरिकको बोल्न पाउने अधिकार हनन् हुने प्रावधान हटाएर मात्रै विधेयक अघि बढाउन आग्रह गरेको छ ।

    ध्यानाकर्षण पत्र बुझ्दै समिति सभापति थापाले विधेयकका बारेमा छलफल चलाउने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय सरकारले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक र प्रेस स्वतन्त्रताको मर्मविपरीत नियन्त्रणमुखी कानून बनाउन खोजेको भन्दै सामाजिक सञ्जाल विधेयकको चर्काे विरोध भइरहेको छ ।


    मंगलवार, माघ २९ २०८१०५:३१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij