काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माणबारेको विवाद समाधान वार्तावाट गरिने बताउनुभएको छ । मंगलबार सामाजिक संञ्जाल ट्विटरमा लेख्दै गृहमन्त्री लेखकले केबलकारको विवाद मन्त्रालयबाट गठित समितीले वार्ताका माध्यमबाट गर्ने बताउनुभएका हो ।
उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माण बारेको विवाद शान्तिपूर्ण रूपमा सहमति गर्न नेपाल सरकार गृह मन्त्रालयबाट गठित समितिले वार्तालाई निरन्तरता दिनेछ ।’