Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तीन खेलाडीले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता गुमाउने

तीन खेलाडीले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता गुमाउने

  • आइतवार, माघ २७ २०८१

  • 585
    SHARES

  • तीन खेलाडीले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता गुमाउने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन महत्वपूर्ण खेलाडीहरूले आगामी फागुनमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता गुमाउने भएका छन् । हिराकुमारी भुजेल, दीपा शाही र अमिषा कार्कीले प्रतियोगिता गुमाउने छन् ।
    डिफेन्डर हिरा र मिडफिल्डर दीपा साफ च्याम्पियनसिपको पहिलो खेलमै घाइते भएपछि उक्त प्रतियोगिता नै गुमाएका थिए । उनीहरू अझै रिकभर भइनसकेकाले आगामी प्रतियोगिता गुमाउने महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले बताए ।
    त्यस्तै पछिल्लोपटक साफ च्याम्पियनसिप खेल्दाको टोलीबाट अमिषा कार्कीले प्रतियोगिता गुमाउनेछिन् । उनी नेपाली सेनाको सहायक सेनानी पदमा बढुवा भएर तालिममा सहभागी भइरहेकाले प्रतियोगिता खेल्ने छैनन् ।
    एन्फाको आयोजनामा फागुन ५ देखि दशरथ रंगशालामा महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपालसँगै म्यानमार, लेबनान र कीर्गिस्तानको सहभागिता रहनेछ ।


    आइतवार, माघ २७ २०८१०५:५४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij