Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अध्यादेशसँगै सरकार पनि संकटमा पुग्योः नेता तामाङ्ग

अध्यादेशसँगै सरकार पनि संकटमा पुग्योः नेता तामाङ्ग

  • आइतवार, माघ २७ २०८१

  • 681
    SHARES

  • अध्यादेशसँगै सरकार पनि संकटमा पुग्योः नेता तामाङ्ग

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अध्यादेशका कारण वर्तमान सत्ता गठबन्धन नै संकटमा पुगेको दाबी गरेको छ। माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङ्गले अध्यादेशका कारण सत्ता गठवन्धनमा आवद्ध दलहरुभित्रै विरोध र असन्तुष्टी देखिएको बताउनु भएको हो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता तामाङ्गले सरकारले प्रयाप्त छलफल नगरी अध्यादेश ल्याउँदा गठवन्धनभित्रै चरम असन्तुष्टि बढेर अध्यादेशसँगै सरकार आँफै संकटमा पुगेको टिप्पणी गर्नुभयो ।

    सिमित कालोबजारी र स्वार्थ समुह लक्षित गरी ल्याएको अध्यादेशले सरकारको नियतमै खोट छ भन्ने कुराको पुष्टि भएको भन्दै उहाँले सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको दाबी गर्दै माओवादी केन्द्र कुनैपनि हालतमा सरकार ढलाउन नलागेको जिकिर गर्नुभयो ।

    सहकारी प्रकरणका दोषी जोकोही पनि अनुसन्धान र कारबाहीको दायरामा आउनुपर्ने भन्दै उहाँले सरकारले आफ्ना बचाउने र विपक्षी फसाउने नीति लिनु दुर्भाग्य रहेको टिप्पणी गर्नुभयो ।


    आइतवार, माघ २७ २०८१०७:१४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij