Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संविधान संसोधन गर्दै अगाडि बढ्नुपर्छ : उपसभापति खड्का

संविधान संसोधन गर्दै अगाडि बढ्नुपर्छ : उपसभापति खड्का

  • शनिवार, माघ २६ २०८१

  • 427
    SHARES

  • संविधान संसोधन गर्दै अगाडि बढ्नुपर्छ : उपसभापति खड्का

    काठमाडौं। पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले संविधान संसोधन गर्न जरुरी भएको बताउनुभएको छ । नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय विभागले भरतपुरमा आयोजना गरेको विदेश देखि स्वदेश सम्म बागमती प्रदेश स्तरीय भेलाकोउद्घाटन गर्नुहुँदै खड्काले सो कुरा बताउनुभएको हो ।

    कांग्रेस विपिको सपना पूरा गर्न सधैं तत्पर बनेको जिकिर गर्दै उहाँले अहिलेको वर्तमान सरकारका बिषयमा टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । देशका कयौं परिवर्तनकारी भूमिकामा कांग्रेसले खेलेको योगदानको प्रशंसा गर्नुपर्ने बताउदै खड्काले संविधान र लोकतन्त्रको मलजल गर्नुपर्ने धारणा राख्नुभयो ।

    देशलाई बिकास समृद्धि र सुशासन प्रदान गर्न सरकार लागिपरेको बताउनुभयो । सहकारी प्रकरणदेखि विभिन्न काण्डमा मुछिएकालाई कारबाही गर्न कांग्रेस एमाले सफल भएको दाबी गर्नुभयो । स्वदेश तथा बिदेशमा रहेका आप्रवासीहरुको साझा संगठन युवाहरुको हितको लागि काम गर्दै आएको बताउदै उहाँले रोजगारी प्रवद्र्धनका लागि कांग्रेसले समेत जोड दिएको बताउनुभयो ।

    विभागका संयोजक कांग्रेस केन्द्रिय सदस्य दिनेश कोईरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री उमा रेग्मी.जिल्ला सभापति राजेश्वर खनाल.भरतपुर महानगर सभापति चित्रसेन अधिकारी लगायतले वोल्नु भएको थियो ।

    विदेशवट फर्किएका कंग्रेसीहरुको विशेष उपस्थिती रहेको कार्यकर्ममा नेपाली कांग्रेसका जिल्ला, क्षेत्र र केन्द्रस्तरका नेता तथा कार्यकर्ताहरुको सहभागीता भएको कार्यक्रममा आप्रवासी विभागका सदस्य एवं बागमती प्रदेशका संयोजक उमा कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको सहजिकरण विभागीय सचिव सुवास लोहनीले गर्नुभएको हो । कार्यक्रमको समापन भोली हुने आयोजकले जनाएको छ ।


    शनिवार, माघ २६ २०८१०७:५२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij