Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकार भूकम्प र बाढीपीडितको अवस्था के छ ?

सरकार भूकम्प र बाढीपीडितको अवस्था के छ ?

  • बिहिवार, माघ २४ २०८१

  • 779
    SHARES

  • सरकार भूकम्प र बाढीपीडितको अवस्था के छ ?

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले जाजरकोटको भूकम्प र गत असोजमा गएको वाढीपहिरोको पुनर्निर्माणका विषयमा भइरहेका कामबारे सरकारसँग जवाफ माग्नु भएको छ ।

    अहिले जारी प्रतिनिधिसभाको शून्य समयको बैठकमा भाग लिँदै थापाले जाजरकोट भूकम्प र गत असोजमा गएको वाढीपहिरोको पुर्ननिर्माणका लागी सरकारले अहिलेसम्म गरिएका काम र स्रोत जुटाउने विषयमा भए गरेका कामका बारेमा जवाफ माग्नु भएको हो ।

    उहाँले भन्न्ुभयो,‘जाजरकोटको भूकम्प, असोजको बाढी, यसका बारेमा गरिएका काम र स्रोत जुटाउने काम कसरी भइरहेको छ? यी सबै कुराहरूका बारेमा सदनलाई जानकारी गराइयोस्। हामी सुन्न पनि चाहन्छौँ र छलफलमा भाग लिन पनि चाहन्छौँ।’

    महामन्त्री थापाले जाजरकोटका भूकम्पबाट ९२ हजारभन्दा बढी घर पुनर्निर्माण गर्नुपर्ने आकलन गरिए पनि कतिपयले दोस्रो किस्ता पाउन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पुनर्निर्माण धेरै परको कुरा दोस्रो किस्ता पनि कतिपय परिवारले पाएका छैनन्। उदेकलाग्दो कुरा त क्षतिको विस्तृत लेखाजोखा (डीडीए) भर्खर मात्रै भएको छ।’

    यसैगरी उहाँले असोजको बाढीमा बगेका र भत्केका घरहरूको अस्थायी आवासका निम्ति मंसिर मसान्तभित्र अनुदान दिने राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले निर्णय गरे पनि कतिपयले पहिलो किस्ताको अनुदान नै नपाएको बताउनुभयो ।

    थापाले भन्न्ुाभयो, ‘बाढीबाट क्षति भएका ४१ वटा सडक खण्डको पुनर्निर्माण गर्नका लागि मात्रै २५ अर्ब चाहिन्छ। यी सबैमा गरी हामीलाई १ खर्ब रुपैयाँ चाहिन्छ। सरकारले बजेटमा २१ अर्ब छुट्टयाएको छ। सरकारले बाँकी पैसा कहाँबाट ल्याउने भनेर सोचेको छ?’

     


    बिहिवार, माघ २४ २०८१०२:४६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij