Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महिला टी–२०आई शृंखला: नेपालको लगातार पाँचौ हार

महिला टी–२०आई शृंखला: नेपालको लगातार पाँचौ हार

  • बुधवार, माघ २३ २०८१

  • 552
    SHARES

  • महिला टी–२०आई शृंखला: नेपालको लगातार पाँचौ हार

    काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपालले लगातार पाँचौ हार भएको छ । आज नेपाल नेदरल्याण्डसँग १० विकेटले पराजित हुन पुग्यो ।
    आफ्नो पाँचौँ खेलमा नेदरल्याण्ड्सलाई जितका लागि एक सय ४६ रनको लक्ष्य प्रस्तुत गरेपनि बलिङ र फिल्डिङ राम्रो गर्न नसक्दा नेपालले पाँचौ हार ब्यहोर्यो । नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको थियो ।
    नेपालले दिएको एक सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा विना विकेटको क्षतीमा पुरा गर्यो । नेदरल्याण्ड्सका लागि ओपनर स्टेर कालिसले अविजत ६९ बलमा ९८ रन बनाइन् । त्यस्तै अर्की ओपनर फिबेले मोल्केनबोरले अविजित ४८ रन बनाइन् ।
    यसअघी नेपालका लागि पूजा महत्तोले सर्वाधिक ६२ रन योगदान दिइन् । उनले ५१ बलमा पाँच चौका प्रहार गर्दै ६२ रन जोडेकी हुन । कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन् । रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी सात रनमा नट आउट रहिन् ।
    प्रतियोगितमा अब नेपालले एक खेल खेल्न बाँकी छ । नेपाल उपाधी होडबाट भने यसअघी नै बाहिरी सकेको थियो ।


    बुधवार, माघ २३ २०८१०३:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij