Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • शनिवार, माघ १९ २०८१

  • 554
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको भाउ बढाएको छ ।

    गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको दुई रुपैयाँ, डिजेल र मट्टीतेलको चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ लिटरको छ रुपैयाँ र बाह्यतर्फ काठमाण्डौको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढेको हो ।

    निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

    पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको १५७ रूपैयाँ ५० पैसा पर्नेछ ।

    दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६६ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको १५९ रूपैयाँ पर्नेछ ।

    तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १६० रूपैयाँ पर्नेछ ।

     


    शनिवार, माघ १९ २०८१०७:४७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij