Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

चीनले नेपाली भूमि नमिचेको प्रमाणित गर्न काँग्रेस नेता शाहीको चुनौती

चीनले नेपाली भूमि नमिचेको प्रमाणित गर्न काँग्रेस नेता शाहीको चुनौती

  • बिहिवार, मंसिर ४ २०७७

  • 1.1K
    SHARES

  • चीनले नेपाली भूमि नमिचेको प्रमाणित गर्न काँग्रेस नेता शाहीको चुनौती

    काठमाडौं । नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीले हुम्लामा चीनले नेपाली भूमि नमिचेको प्रमाणित गर्न चुनौती दिनुभएको छ । नेपाली भूभि हुम्लामा चीनले मिचेको थाहा पाएपछि स्थलगत अध्ययन गरेर पार्टीलाई अध्ययन प्रतिवेदन नै बुझाउनु भएका नेता शाहीले चीनले भूमि मिचेको दावी गर्नुभएको छ।

    उहाँको अध्ययन टोलीले चिनियाँ पक्षबाट नेपाली भूमि मिचिएको निश्कर्ष निकाल्दै भूमि फिर्ताका लागि नेपाल सरकारले तत्काल पहल गर्न सिफारिस पनि गरेको थियो । तर स्थलगत अध्ययन गरेर फर्किएको टोलीको प्रतिवेदन र सिफारिसलाई बेवास्ता गर्दै सरकारले नेपाली भूमि चिनियाँ पक्षबाट नमिचिएको स्पष्टीकरण दिएको थियो ।

    सरकारको स्पष्टीकरण अध्ययन विना हचुवाको भरमा आएको र चीनसँग डराएर आएको भन्दै धेरैले आलोचना गरेका छन् । शाही नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदनमाथी काँग्रेस केन्द्रीय कार्यसमितिमा समेत छलफल भइ नेपाल र चीन सरकारको ध्यानाकर्षण गराएको थियो । काँग्रेसले ध्यानाकर्षण गराएकोमा चीनले प्रतिवाद गर्दै नकारात्मक टिप्पणी गरेको थियो ।

    यसरी काँग्रेसले नेपाली भूमि चिनियाँ पक्षबाट मिचिएको दावी गर्ने र चिनियाँ सरकारसँगै नेपाल सरकार र सत्तारुढ दल नेकपाले नमिचिएको दावी गरिरहेका बेला शाहीका विरुद्धमा विभिन्न आरोपहरु लगाउन थालिएको छ । आफुविरुद्ध बदनाम गर्न नेकपाका भातृ संगठनका कार्यकर्ता परिचालित भएपछि उहाँले त्यसप्रति आपत्ति जनाउनु भएको छ ।

    उहाँले बिहीबार विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “अमूक पार्टीका भातृसंस्थाका अध्यक्ष हुँ भनि हबाला दिने राष्ट्रघाती, मुलुकको सिमा बेचुबा खोचेरमा चोरी गर्नेहरूले अमुक पत्रिकामा जीवन शाहीले रातभरी अफाव फैलाएर तिब्बतको झण्डा बोर्डरमा गाड्न खोजेको आरोप प्रति घोर भत्सर्ना गर्दछु ।” उहाँले अन्त्यमा लेख्नु भएको छ, “हुम्लाको भुमि एक इन्च पनि नमिचिएको भनि प्रमाणित गर्न चुनौति दिन्छु । मातृभुमि जिन्दावाद ।” 


    बिहिवार, मंसिर ४ २०७७०८:१७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij