काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई फिर्ता पठाइने उद्घोष गरेका थिए । सोही अनुसार अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । अहिले अमेरिकामा विभिन्न देशका १४ लाख बढी अवैध आप्रवासीको सुचि सार्वजनिक भएको छ ।
अमेरिकाको अध्यागमन कार्यालयका अनुसार निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक गरिएको हो । सार्वजनिक सुचि अनुसार अवैधरुपमा बसिरहेका १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् ।
अमेरिकामा अवैध रुपमा बस्नेमा होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु सबैभन्दा धेरै छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै अवैध रुपमा अमेरिका वसिरहेका आप्रवासीलाई फिर्ता पठाउने सम्बन्धी कार्यकारी आदेश दिएका थिए । अहिले अमेरिकाले आप्रवासीको ठूलो संख्यालाई फिर्ता पठाउने काम गरिरहेको छ ।