Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीलाई समानन्तर प्रस्ताव ल्याउन समय दिनु पार्टी एकतातर्फको बाटो होइन : पोखरेल

ओलीलाई समानन्तर प्रस्ताव ल्याउन समय दिनु पार्टी एकतातर्फको बाटो होइन : पोखरेल

  • बुधवार, मंसिर ३ २०७७

  • 1.3K
    SHARES

  • ओलीलाई समानन्तर प्रस्ताव ल्याउन समय दिनु पार्टी एकतातर्फको बाटो होइन : पोखरेल

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई अर्काे प्रस्ताव ल्याउन समय दिने सचिवालय बैठकको निर्णयप्रति नेकपाका स्थायी कमिटि सदस्य शंकर पोखरेलले गम्भीर आपत्ति प्रकट गर्नुभएको छ । उहाँले पार्टी एकताले पूर्णता नपाउँदै समानान्तर अध्यक्ष ओलीलाई दस्तावेज ल्याउन समय दिनु एकतातर्फको बाटो नरहेको बताउनुभएको छ ।

    ‘पार्टी एकताको भावनाविपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्षलाई अर्को प्रस्ताव ल्याउन समय दिनु किमार्थ उचित छैन’, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले फेसबुकमा लेख्नुभएको छ, ‘१० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका नेताहरुलाई म आग्रह गर्छु ।’

    अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्ने चेतावनी पनि पोखरेलले दिनुभएको छ ।

    Capture.PNG

     


    बुधवार, मंसिर ३ २०७७०७:५२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij