Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

पाथिभरा केबलकार घटनाको विषयमा गृहमन्त्रीले सांसदहरुसँग छलफल गर्दै

पाथिभरा केबलकार घटनाको विषयमा गृहमन्त्रीले सांसदहरुसँग छलफल गर्दै

  • मंगलवार, माघ १५ २०८१

  • 593
    SHARES

  • पाथिभरा केबलकार घटनाको विषयमा गृहमन्त्रीले सांसदहरुसँग छलफल गर्दै

    काठमाडौं । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न भन्दै स्थानीयले विरोध गरिरहेका छन् । स्थानीयहरुले ‘नो केबलकार समूह’ नै गठन गरेर केबलकार निर्माणको विरोध गर्दै आएका छन् । विरोधका क्रममा स्थानीय र प्रहरीवीच सोमबार झडप समेत भएको थियो ।


    सोही विषयमा छलफल गर्नका लागी आज गृहमन्त्री रमेश लेखकले सांसदहरुलाई बोलाउनु भएको छ । गृहमन्त्री लेखकले पाँचथर, इलाम, ताप्लेजुङ र धनकुटाका सांसदहरुलाई छलफलका लागी आज साँझ ५ बजे गृहमन्त्रालयमा बोलाउनु भएको हो ।


    आन्दोलनलाई नियन्त्रण गर्न खोज्दा प्रहरी र आन्दोलनकारीवीच भएको झडपमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भिर घाइते भएका छन् । त्यसैगरी भागदौडमा लडेर एक जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याएको छ ।


    शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरेको भन्दै विरोधमा उत्रिएका स्थानीयहरुले आज तमोर करिडोर र मेची राजमार्ग बन्द गरेका छन् । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरुले आज माघ १५ गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा समेत गरेका छन् ।


    मंगलवार, माघ १५ २०८११२:२२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij