Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

औद्योगिक क्षेत्र निर्माणमा वनका कर्मचारीको दादागिरी भयो : महेश बर्ताैला

औद्योगिक क्षेत्र निर्माणमा वनका कर्मचारीको दादागिरी भयो : महेश बर्ताैला

  • शनिवार, माघ १२ २०८१

  • 351
    SHARES

  • औद्योगिक क्षेत्र निर्माणमा वनका कर्मचारीको दादागिरी भयो : महेश बर्ताैला

    काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले मध्यवर्ती क्षेत्रको नाममा वनका सचिवले औद्योगिक क्षेत्र निर्माणको योजना तुहाउने काम गरिरहेको बताउनु भएको छ । शनिबार हेटौंडामा पत्रकारसँगको भेटघाटमा बर्तौलाले यस्तो बताउनु भएको हो । देशको अर्थतन्त्र र नागरिकको रोजगारीसँग जोडिएको गौरवको आयोजना मयुरधापको औद्योगिक क्षेत्रलाई वन र निकुञ्जको विभिन्न प्रावधान लगाएर रोक्न खोजेको उहाँले बताउनुभयो ।


    क्याविनेटबाट पारित भएर आएको विषयमा कार्यन्वयनमा जानुको साँटो वनका कर्मचारीले रोक्ने काम गरेको उहाँको भनाई छ । ‘गौरवको आयोजना सञ्चालनमा निकुञ्ज र वनका कर्मचारीको दादागिरी देखिएको छ । मयुरधाप औद्योगिक क्षेत्रको योजना तुहाउने रणनीति अनुसार वनका सचिवले सूचना जारी गर्नुभएको छ,’ उहाँले भन्नुभयो ।


    राजनीतिक नेतृत्वको नीतिगत निर्णय विपरीत कर्मचारीहरूबाट औद्योगिक क्षेत्रको विषयमा असहयोग हुनु उपयुक्त नभएको भन्दै बर्ताैलाले जनस्तरबाट समेत बलियो खबरदारी अपरिहार्य रहेको बताउनुभयो । मयुरधापमा औद्योगिक क्षेत्र निर्माण गरेर नागरिकको आयस्तर सुधार गर्न, युवाहरूलाई रोजगारीको अवसर दिनु पर्ने बर्ताैलाको जिकिर छ ।


    शनिवार, माघ १२ २०८१०२:०९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij