Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आफ्नै कारणले पार्टी विहिन बन्दै बामदेब गौतम, एमाले र नेकपा एसले पनि दिएनन् महत्व(खासखबर)

आफ्नै कारणले पार्टी विहिन बन्दै बामदेब गौतम, एमाले र नेकपा एसले पनि दिएनन् महत्व(खासखबर)

  • शुक्रवार, माघ ११ २०८१

  • 396
    SHARES

  • आफ्नै कारणले पार्टी विहिन बन्दै बामदेब गौतम, एमाले र नेकपा एसले पनि दिएनन् महत्व(खासखबर)

    काठमाडौं। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएपछी पूनः एकताका नेकपा एकता राष्ट्रिय अभियानमार्फत प्रयास गर्दै आउनु भएका नेता वामदेव गौतम अभियान बिचमै तुहिएपछी अहिले आँफै अन्य पार्टीमा समाहित हुन निकै जोडबल गरिरहनु भएको छ ।

    नेकपा एमाले र नेकपा माओवादीबिच २०७५ साल जेठ ३ मा एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) साढे दुई वर्षमै २०७७ साल फागुन २३ मा औपचारीक विभाजन भएपछी एमाले, माओवादी र एकिकृत समाजवादी पार्टी गरि ३ पार्टी बनेका थिए ।

    तत्कालिन नेकपाका उपाध्यक्ष पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत बनिसक्नुभएका गौतमले तिनै ३ पार्टीसँगै जसपा, जनमोर्चा लगायतका कम्युनिस्ट तथा समाजवादी पार्टी तथा समूहहरुसँग पार्टी एकताका लागी पुनःह एकताको प्रयास थाल्नु भएको थियो ।

    तर त्यो प्रयास बिचमै असफल भएपछी अभियानलाई पार्टीमा बदलेर हिड्नु भएका गौतम अहिले एमाले वा एकिकृत समाजवादीमा समाहित हुन मरिमेटेर लागिरहनु भएको छ।

    केहिदिन पहिला नेकपा एसमा प्रवेश गर्ने पक्कापक्की भैसकेको बताउनु भएका गौतम एकाएक एमालेमा प्रवेश गर्ने निर्णय नै भैसकेको बताउनु भएको थियो। तर एकाएक यी दुवै पार्टीले गौतमलाई महत्व नदिएपछी अहिले गौतम अलपत्र जस्तै बन्नुभएको छ ।

    एमालेले केहिदिन पहिला नै गौतमलाई प्रवेश गराउने विषयको च्याप्टर क्लोज नै गर्ने निर्णय गरिसकेको छ भने सहमती नजिक पुगेर एकाएक एमालेतर्फ ढल्किएर धोका दिएको भन्दै नेकपा एस पनि असन्तुष्ट बनेपछी गौतम यतिबेला घर न घाटको जस्तो बन्न पुग्नु भएको हो।

    यद्यपी गौतमले भने एकिकृत समाजवादीले सहमती तोडेपछी एमालेसँग वार्ता गरेको र पछी एमालेले आज भोली भन्दाभन्दै अन्यौलमा पारेको बताउनुहुन्छ ।

    नेता गौतमले अझै पनि आशावादी रहेको बताउँदै अब आफ्नो पार्टी पुनः व्युताएर सक्रिय बनाउँदै अन्य पार्टीसँग पनि वार्ता प्रक्रिया थाल्ने बताउनुहुन्छ। अहिलेसम्म बर्ता र सहमती जे भएपनि पार्टी एकता तथा सहकार्यका लागी पूर्ण रुपमा ढोका बन्द नभएको उहाँको भनाई छ।

    तर, एमालेले भने गौतमलाई तत्काल पार्टीमा भित्राउन छाँट देखिँदैन। केहि दिन पहिलेको बैठकले उनलाई पार्टीमा ल्याउने कुराको च्याप्टर क्लोज गर्ने निर्णय गरेको थियो। यद्यपी एमाले नेता ठाकुर गैरेले भने नेतृत्व तहमा थप छलफल गर्नुपर्ने भएकोले समय धकेलिएको बताउनुहुन्छ ।

    एता नेकपा एकिकृत समाजवादी पनि गौतमलाई ओलीले नेकपा एसमा नजाओस भनेर ललिपप देखाउदा गौतम अल्झिएको बताउँछ। नेकपा एसका उपमहासचिव मेटमणी चौधरीले गौतमका सबै सर्त भने आफ्नो पार्टीले नमान्ने बताउनुभयो । यद्यपी अब गौतमको जाने अन्य ठाउँ कतै नभएकोले नेकपा एसमै आउने उहाँको जिकिर छ ।

    तर गौतमले अन्य पार्टीमा प्रवेश गर्ने तयारी गरेपछी आफ्नै पार्टीका नेताहरु पनि असन्तुष्ट बन्दै गएका छन् । उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा एक समुह नेकपा एकता अभियान नै चलाउने भन्दै गौतमलाई साथ नदिने भन्दै बाहिरिसकेको छ।

    अस्थिर नेता गौतमले कार्यकर्ताको रक्षा गर्न नसक्ने र जुन पार्टीमा गएपनि एक वर्ष नपुग्दै पुनहः अहिलेकै अवस्थामा फर्किने नेता अर्यालले ठोकुवा गर्नुभयो ।

    पुरानो तथा ठुलो पार्टी नेकपा एमालेमा ५÷६ दशकसम्म र नेकपामा समेत उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएका नेता गौतम नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्रीसमेत बनिसक्नु भएको छ ।

    यद्यपी आफ्नो योगदानसँगै धरातल र उचाई दुबै बिर्सिदाँ आज पार्टीविहिन तथा भुमिका विहिन बन्नुभएको छ।

    तसर्थ अझै पनि सक्रिय राजनीतिमा रहने भए सुरुमा आफै स्पष्ट हुन र अस्थीर नेताको आलोचना चिर्न आवश्यक छ । अन्यथा सक्रिय राजनीतिबाटै बिदा लिनु पनि गौतम आफ्नै लागी उपयुक्त हुन सक्छ।


    शुक्रवार, माघ ११ २०८१०८:४९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij