Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेका लागि आह्वान गर्न सिफारिस

वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेका लागि आह्वान गर्न सिफारिस

  • शुक्रवार, माघ ११ २०८१

  • 334
    SHARES

  • वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेका लागि आह्वान गर्न सिफारिस

    काठमाडौं। वाग्मती प्रदेशसभा हिउँदे अधिवेशन माघ १८ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ ।

    प्रदेश मन्त्रिपरिषद्को आज दिउँसोको बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेशसभाको १५ औं अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । असोज १६ गते राति १२ बजेदेखि प्रदेशसभाको १४ औं अधिवेशन अन्त्य गरिएको थियो ।

    सदनका लागि पर्याप्त ’बिजिनेस’ नभएपछि विपक्षी दलले माग गरे पनि सरकारले बैठक राख्न सकेको थिएन ।

    सदनमा प्रदेश सरकारले हाल चारवटा विभिन्न संशोधन विधेयक दर्ता गराएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभा बैठक आह्वान गर्नुहुनेछ ।

     


    शुक्रवार, माघ ११ २०८१०७:५२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij