Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सरकार परिवर्तन हुन्छ भन्ने कुरा अर्थहीन हल्ला मात्रै हो : प्रधानमन्त्री ओली

सरकार परिवर्तन हुन्छ भन्ने कुरा अर्थहीन हल्ला मात्रै हो : प्रधानमन्त्री ओली

  • शुक्रवार, माघ ११ २०८१

  • 358
    SHARES

  • सरकार परिवर्तन हुन्छ भन्ने कुरा अर्थहीन हल्ला मात्रै हो : प्रधानमन्त्री ओली

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने कुरा अर्थहीन हल्ला मात्रै भएको टिप्पणी गर्नुभएको छ । आज पाल्पाको तिनाउ गाउँपालिकाको प्रशासकीय भवन भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उहाँले यास्तो बताउनुभएको हो ।

    सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्त्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्री ओलीले पाल्पा एक उर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरुको अर्थ नहुने स्पष्ट गर्नुभयो ।

    पछिल्ला केहिदिनदेखी स्वास्थ्य अवस्था बिग्रिएपछी प्रधानमन्त्री ओली निवासमै आराम गरिरहनु भएको छ । आज कार्यक्रममा प्रत्यक्ष रुपमै सहभागी हुने तयारी गर्नुभए पनि स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछी उहाँले भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी हुनुभएको हो ।

     


    शुक्रवार, माघ ११ २०८१०४:५९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij