Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

  • बुधवार, मंसिर ३ २०७७

  • 1.0K
    SHARES

  • नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


    काठमाडौं । सतरुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठक १ः१० बजे सुरु भएको हो ।

    बैठकमा सहभागी हुन नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्धारित समयभन्दा १५ मिनेटअघि नै बालुवाटार पुग्नुभएको थियो ।

    साथै, नेकपा सचिवालयका सबै नेता बालुवाटार पुगिसकेको स्रोतले जनाएको छ ।

    बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष ओली, कार्यकारी अध्यक्ष प्रचण्ड , वरिष्ठ नेता माधकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेब गौतम, अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल , गृहमन्त्री रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थित रहेको छ ।

    बैठकअघि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।

     


    बुधवार, मंसिर ३ २०७७०१:१९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij