Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

रुपन्देहीमा रवि लामिछानेको बयान सुरु

रुपन्देहीमा रवि लामिछानेको बयान सुरु

  • बुधवार, माघ ९ २०८१

  • 494
    SHARES

  • रुपन्देहीमा रवि लामिछानेको बयान सुरु

    काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सुरु भएको छ।

    लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो। सोही मुद्दा आज रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ।

    मुद्दा दर्ता भएपछि लामिछाने हिजो नै भैरहवा पुगेका आज आफैं अदालतमा उपस्थित भएका हुन्। बयानपछि यो मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता प्रेम पौडेल, सह–न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्ने तयारी छ।

    लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण कंडेलले बहस गर्ने तयारी गरेका छन्।लामिछानेका साथै छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

     


    बुधवार, माघ ९ २०८१०२:२३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij