Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजा राजेन्द्रको ‘नेपाली कमेडी शो’ टिभी कार्यक्रम आजदेखि प्रशारण हुँदै

राजा राजेन्द्रको ‘नेपाली कमेडी शो’ टिभी कार्यक्रम आजदेखि प्रशारण हुँदै

  • बुधवार, मंसिर ३ २०७७

  • 1.4K
    SHARES

  • राजा राजेन्द्रको ‘नेपाली कमेडी शो’ टिभी कार्यक्रम आजदेखि प्रशारण हुँदै

    काठमाडौं । लोकप्रिय हाँस्यव्यंग्यकार राजा राजेन्द्र पोखरेलको ‘नेपाली कमेडि शो’ टेलिभिजन कार्यक्रमको आज (मंसिर ३ गते बुधवार)देखि प्रसारण प्रारम्भ हुँदैछ । स्ट्याण्ड–अप कमेडीमा आधारित नयाँ कार्यक्रम ‘नेपाली कमेडी शो’ जनता टेलिभिजन एचडीबाट प्रत्येक बुधवार राति ८ः४५ बजेदेखि प्रसारण हुन लागेको हो ।

    कार्यक्रमको पहिलो श्रृंखला आज राति प्रसारण हुँदैछ । यो कार्यक्रम जनता टेलिभिजनको आधिकारीक यूट्युबमा समेत उपलब्ध हुनेछ । उज्वल प्रशान्तद्वारा निर्देशित यो कार्यक्रम एक घण्टा लामो हुनेछ ।

    कार्यक्रममा कलाकारहरु राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, दिनेश काफ्ले, प्रभात लामा, राधिका कँडेल, सुन्दर खनाल, कल्पना खतिवडा आदि कलाकारले यो कार्यक्रममा आफ्नो जोडदार प्रस्तुतीमार्फत दर्शकलाई हँसाउने छन् । साथै नेपालकै कान्छी स्ट्यान्ड अप कमेडियनको रुपमा बालकलाकार सुयशा खनालले पनि आफ्नो प्रस्तुति दिँदैछिन् ।


    बुधवार, मंसिर ३ २०७७१२:५२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij