Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बैंकहरुले रणनीतिक योजना बनाएर काम गर्नुपर्छ : अर्थमन्त्री पौडेल

बैंकहरुले रणनीतिक योजना बनाएर काम गर्नुपर्छ : अर्थमन्त्री पौडेल

  • मंगलवार, माघ ८ २०८१

  • 412
    SHARES

  • बैंकहरुले रणनीतिक योजना बनाएर काम गर्नुपर्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुभएको छ।

    आज अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थालाई आवश्यक पर्ने नीति तथा कानुन बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन निर्देशन दिनुभयो ।

    उहाँले सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै अहिले देखा परेका समस्यालाई समाधान गर्न सार्थक पहल लिनुपर्ने बताउनुभयो।

    अर्थमन्त्री पौडेलले समस्यालाई आ–आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशन दिनुभयो।साथै खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो।

    सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीले केही ठाउँमा कर्जा असुलीमा समस्या रहेको भन्दै पूँजीको वृद्धि र लगानी विस्तारका लागि केन्द्रित हुने बताएका थिए।

     


    मंगलवार, माघ ८ २०८१०७:२२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij