काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारको आयु धेरै नभएको दोहो¥याउनु भएको छ ।
आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ओली सरकारको भविष्यवाणी गर्नुभएको हो ।
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका प्रचण्डले कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला, नेता डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर यो सरकार धेरै दिन नटिक्ने दाबी गर्नुभएको हो ।
प्रचण्डले पछिल्लो पटक सरकार छिटै ढल्ने अभिव्यक्ति दिईरहनुभएको छ ।